Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    अंगीकृत नागरिकतासम्बन्धी विधेयकको समर्थनमा मनीषा कोइराला

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    कालापानी र लिपुलेक नेपालको नक्सामा राखिएको विषयलाई समर्थन गरेर नेपालीमाझ लोकप्रिय बनेकी अभिनेत्री मनीषा कोइरालाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको अंगीकृत नागरिकतासम्बन्धी विधेयकको पनि समर्थन गरेकी छिन् ।

    आइतबार समितिले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय पारित गरेको थियो । अभिनेत्री कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत सांकेतिक रुपमा नागरिकता विधेयकको स्वागत गरेकी छिन् । यस विषयमा आफ्नो धारण राख्दै अभिनेत्री कोइरालाले नागरिकता विधेयकको पक्षमा केही ट्विट र रिट्विट गरेकी छिन् । यसअघि कालापानी क्षेत्रको विषयमा नेपालको पक्ष लिँदै उनले ट्विट गरेपछि केही भारतीय सञ्चारमाध्यमले उनको चर्को आलोचना गरेका थिए ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments