बलिउड अभिनेता अक्षय कुमारले भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा ४० करोड रूपैयाँ सहयोग दिने घोषणा गरेका छन्।
शनिबार आफ्नो आधिकारिक ट्विटरमार्फत् उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको कोषमा २५ करोड भारू दिने बताएका हुन्। आजसम्म यो कोषमा यति धेरै रकम दिने बलिउड कलाकार अक्षय नै हुन्।

अक्षयले भनेका छन्, यति बेला मान्छेको जीवनभन्दा महत्वपूर्ण केही छैन। त्यसैले हामीले जे-जसरी गर्न सकिन्छ, गर्नुपर्छ। म प्रधानमन्त्री कोषमा २५ करोड भारू सहयोग गर्दैछु। आउनुस्, जीवन बचाऔं। उनको यो निर्णयमा आफूलाई गर्व लागेको बताउँदै उनकी श्रीमती ट्विंकल खन्नाले पनि ट्विट गरकी छन्।
ट्विंकलले भनेकी छन्, ‘यो मान्छेले मलाई गर्व महशुस गराउँछ। यति धेरै रकमबारे जब मैले उनलाई यो निर्णय पक्का हो भनेर सोधेँ उनले यत्ति मात्र भने-मसँग केही पनि थिएन। तर आज यो स्थितिमा पुगेको छु। केही पनि नभएकाहरूका लागि म केही गर्न सक्छु भने आफूलाई कसरी रोकूँ ?’ सामाजिक सञ्जालमा अहिले अक्षयको सहयोगबारे खुबै चर्चा भइरहेको छ।
