in

अभिनेता गजित बिष्टलाई कोरोना संक्रमण 

अभिनेता गजित बिष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफू संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्रयाक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा कोरोना पुष्टि भएको उनले बताएका छन् ।

उनले भनेका छन् , ‘कलाकार निर्मल शर्मा दाइको पिसिआर रिपोट पोजेटिभ आएको स्टाटस देखेपछि म उहाँसँग नजिक भएकाले होला धेरै साथीहरुले सोध्नु भयो’ बिष्टले सामाजिक सञ्जालमा लेखेका छन् ‘हल्का रुघाबाहेक मलाई केही लक्ष्यण देखिएको थिएन । पिसिआर टेष्ट गर्दा मेरो पनि रिपोट पोजेटिभ आएको जानकारी गराउँदछु ।’

 

अबको १४ दिन घरमै बसेर कोरोना मुक्त हुने प्रयास गर्ने बताएका उनले यो २, ३ दिनमा आफ्नो सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रह गरेका छन् । बिष्ट पछिल्लो समय वेभ श्रृंखला, छोटा फिल्म, बिज्ञापन चलचित्र, म्युजिक भिडियो अभिनय र निर्देशनमा ब्यस्त थिए ।

What do you think?

Written by Filmy News

जनवरीमा बुबा बन्दै विराट कोहली

How Classical Elevated the Oscar-Winning Film ‘Birdman’