लकडाउनका कारण कलाकारहरु घरमै छन् । काम सबै ठप्प भएपछि कलाकारहरुले सामाजिक संजालको माध्यमबाट जनतालाई सचेत बनाउने काम मात्र गरेका छैनन्, सरकारलाई पनि खबरदारी गरिरहेका छन् ।

अभिनेता नाजिर हुसेनका पोष्टहरुमा पनि सरकारलाई खबरदारी गरिएको देख्न सकिन्छ ।लकडाउन भएका कारण पनि अहिले जनताहरु हिडेरै आफनो घरसम्म पुगिरहेका छन् । तर, कतिपय ठाउँमा घर जाँदै गरेका नागरिकले सास्ती भोग्नु परेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् ।
नायक हुसेनले प्लेकार्ड बोक्दै लेखेका छन्–‘सत्ता तपाइसँगै छ, शक्ति तपाइसँगै छ । अनी लौरो पनि तपाइसँगै छ ।’नाजिरले सत्तामा बसेर यसको दुरुपोग नगर्न सरकारलाई अपिल गरेको बुझ्न सकिन्छ ।
https://youtu.be/gr-xmnRrZiA
