in , ,

अभिनेता निखिल उप्रेती- मानवजातिकै गल्तीका कारण कोरनाजस्तो महामारी भित्रिएको हो

अभिनेता निखिल उप्रेतीले मानवजातिकै गल्तीका कारण कोरना बनेको बताएका छन् । उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै मानव जातीले बिकासको क्रममा गरेको गल्ती अहिले कोरोना बनेर आएको बताएका हुन् ।

 

‘विज्ञानले प्रगतिको पराकाष्ट हात हतियारमा गराएको छ’ निखिलले भने, ‘त्यही विकासको क्रममा हामीले गरेको गल्ती अहिले कोरोना भएर आयो ।’ अहिले कतिपय देशहरुसँग क्षणभरमा विश्वलाई समाप्त पार्ने हतियार भएको उल्लेख गरेका निखिलले भने, ‘हामीले हिंसा र हत्याका लागि नै विज्ञानको प्रयोग गरेकाले कोरोनाजस्तो महामारी भित्रिएको हो ।’

 

लकडाउनले सबैलाई घरमा नजरबन्द गरेको बताएका उनले अहिले घर पनि खोर जस्तो भएको बताएका छन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क रहेको छ । निखिलले लकडाउनमा पनि बेलुका ५ बजेपछि घरबाहिर धेरै मानिस देखिएकोले त्यसलाई राजनीतिक प्रभाव भएको बताएका छन् ।

What do you think?

Written by Filmy News

स्वस्तिमा खड्का-एउटा चलचित्रले दिएको उचाइबाट रमाउन जति सजिलो छ, त्यसलाई बचाउन भने सजिलो छैन

जय किशन बस्नेतकाे ‘हिरो नं. १’युट्युबमा सार्वजनिक(हेर्नुहाेस् पुरा चलचित्र)