नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजबल्लभ कोइरालाको आज जन्मदिन परेको छ। १९८२ सालमा पोखरामा जन्मेका राजबल्लभले आज आफ्नो जन्मदिन मनाउदैछन् ।
आज परेको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । चलचित्र ‘पर्खि बसे बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका राजबल्लभले हालसम्म २ दर्जनबढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
उनले एक हलिउड चलचित्र पनि खेलेका छन् । उनी हरेक चलचित्रमा फरक अवतारमा देखिने गर्छन् । केही समयदेखी उनी चलचित्र क्षेत्रमा देखिएका छैनन् । अमेरिका निवासी प्रतिमा बिमलीसँग विबाह गरेसँगै उनी अहिले अमेरिकामै बसेका छन् ।

