in , ,

अभिनेता विराज भट्टले ,अर्काको गीत ‘साङ्लो’मा बेरेपछि प्रहरीको फन्दामा (भिडियाेसहित)

अभिनेता विराज भट्टले चलचित्र ‘साङ्लो’को गीत चोरीको बिषयमा आफ्नो केही दोस नभएको बताएका छन् । मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै अभिनेता विराजले चलचित्र ‘साङ्लो’को निर्माता, निर्देशक र अभिनेता समेत आफु रहेको भन्दैे ‘साङ्लो’ को गीत आफुले संगीतकार सुरेश अधिकारीसँग पूर्ण गीत नै लिएकोले चोरीको आरोप लगाउन नमिल्ने स्पष्ट पारे ।

 

‘अहिले गीतको बिवाद श्रृजना गर्ने सुदीप भुपाल सिंह हुन् । उनि यो गीतका श्रष्ठा भन्ने मलाई पनि थाहा थिएन । त्यसको बारेमा संगीतकार सुरेश अधिकारी दाईले पनि भन्नु भएको थिएन’ विराजले भने ‘साङ्लो फिल्मका लागि राम्रो गीत मलाई चाहिएको थियो । त्यसका लागि सुरेस दाईसँग मागे । दाइले गीत दिनुभयो । मैले गीतका लागि दिनुपर्ने खर्च दिएर लिए ।’ धेरै अगाडि लिएको यो गीत अहिले चलचित्र रिलिजको संघारमा बिवादमा मुछिँदा निकै दुःख लागेको विराजले सुनाए ।‘मेरो चलचित्र र ब्यानरलाई मुछेर गीतको विषमा उजुरी हालिएको छ । त्यो किन र केका लागि भन्ने बुझेको छैन’ विराजले अगाडि भने ‘मैले संगीतकारसँग एक पूर्ण गीत लिएको हो ।’ आफुले पहिले यो गीतको बिवाद छ वा यस्तो हुन्छ भन्ने थाहा पाएको भए गीत नलिने विराजले सुनाए ।

 

‘गीतको बिषयमा हुनमान ढोकाबाट बोलावट आयो । उजुरीवाला सुदीप जीले पनि भेट्ने भन्नुभयो’ बिराजले थपे ‘आफ्नो ब्यस्तताको बाबजुत पनि उहाँलाई भेटे । भेटमा सुदीप जिलाई भने यो तपाई र सुरेस दाइको बीचको कुरो हो । यसलाई सहज रुपमा मिलाउ । तपाइको नाम छुटेको भए मिलाउँछौ भने । मैले नियम कानुन सम्बत गीत लिएको छु समेत भने ।’

 

आफुले के गर्न सकिन्छ कसो गर्न सकिन्छ मिलौं भनेको बताएका बिराजले आफ्नो लचकतालाई सुदीपजीले पैसाको बार्गेनिङ गर्न खोजेको आरोप लगाए । ‘मलाई त त्यहाँ ब्ल्याक मेल गर्न खोजियो’ बिराजले अगाडि भने, ‘एउटा गीत तपाईले भने जस्तो खर्च गरेर दिन्छु भन्दा पनि मान्नु भएन । गीतको शब्दको पैसा ५० हजार दिन्छुभन्दा पनि यो रकम यही पुग्दैन भन्नुभयो ।’ सुदिपले दश–बीस लाख चाहिएको जस्ता कुरा गर्नु भएकोले आफुहरुबीच कुरा नमिलेको बिराजले सुनाए । भने, ‘एउटा गीतको दश बीस लाख चाहिन्छ भन्ने आसय राख्नु यो ब्लाकमेलिङ नभएर के हो ?’

 

संगीतकार सुरेश अधिकारीले गीतको शब्दमा सुदीपको नाम छुटेको त्यो राखेपछि कुरो मिल्ने बताए । ‘गीतमा उनको र मेरो शब्द छ । गीत बाहिर ल्याउँदा उहाँको नाम छुटेको हो । उहाँले नाम खोज्नु जायज हो’ संगीतकार अधिकारीले भने ‘टेक्निकल गडबढीका कारण विवाद भएको हो, त्यो मिल्छ । त्यसको प्रयास म गर्दैछु ।’ सुरेशले गल्ती आफुबाट भएको स्वीकार्दै सच्याउन प्रयास भइरहेको समेत बताए ।

 

के हो विवाद ?

२४ माघबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘साङ्लो’ ले केही दिन पहिले डान्सिङ नम्बरको रुपमा ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको थियो । गीतले दिन प्रतिदिन चर्चा कमाउँदै गर्दा फिल्म ‘रुद्रप्रिया’ का निर्देशक सुदीप भुपाल सिंहले आफ्नो गीत ‘साङ्लो’ले चोरेको आरोप सहित महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए । गीतको मर्मसमेत बिगारेर चोरी गरिएको र आफ्नो नाम पनि नदिइएको आरोप सुदीपको थियो ।

What do you think?

Written by Filmy News

आज बुधवारको राशिफल

आज नायिका श्वेता खड्काको जन्मदिन, यस्तो छ ३२औं जन्मदिन मनाउँदै गरेकी श्वेताको जीवन पाटो