Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    अभिनेत्री नन्दिता-‘कोरोनाको सन्देश शहरमा भन्दा गाउँमा पुर्‍याउनु जरुरी छ’

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    अभिनेत्री नन्दिता केसीले कोरोना भाइरसबाट बच्नका लागि गाउँमा पनि सचेतना फैलाउनु आवश्यकता रहेको औंल्याएकी छिन् । उनले एक भिडियो सन्देशमार्फत सो कुरा बताएकी हुन् ।

     

     

     

    ‘शहरी क्षेत्रका मानिसलाई विभिन्न माध्यमबाट कोरोनाको चेतना भएको छ । गाउँमा यसको जानकारी पुर्याउनु जरुरी छ’ उनले भिडियो सन्देशमा भनेकी छिन्, ‘सामाजिक सञ्जाल वा अन्य माध्यमबाट शहरी क्षेत्रमा बस्ने मानिसहरु विश्वमा कोरोनाले निम्त्याएको प्रकोपको जानकार छन् । यसबाट कसरी बच्न सकिन्छ त्यो थाहा छ ।’

     

    अभिनेत्री केसीले समाचार, इन्टरनेट लगायतका मध्यम पुग्न नसक्ने स्थानमा समेत कोरोनाको सन्देश पुर्याउनु पर्नेमा उनले जोड दिएकी छिन् । ‘स्वास्थ्य चौकी पुग्न घन्टौं लाग्ने ग्रामीण क्षेत्रमा कोरोनाबाट बच्ने उपाय र यसको लक्षण देखिए कसलाई सम्पर्क गर्ने भन्ने जानकारी पुर्याउनु जरुरी छ’ उनले थपिन् ।  अभिनेत्री केसीले सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने समाचारहरु पोस्ट नगर्न यस्तो समाचार प्रति सजक रहन सबैलाई आग्रह गरेकी छिन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments