Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    अभिनेत्री रिस्ता बस्नेत बलिउडमा डेब्यु गर्दै

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    अभिनेत्री तथा मोडल रिस्ता बस्नेत बलिउडमा डेब्यु गर्ने भएकी छन् । उनी म्युजिक भिडियोमार्फत बलिउड डेब्यु गर्न लागेकी हुन् । भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको एक गीतको म्युजिक भिडियोमा उनी अनुबन्धित भएकी छन् ।

     

    बलिउड म्युजिक भिडियो अभिनय बिषयमा अभिनेत्री बस्नेतले सामाजिक सञ्जालमा एक स्टाटस सेयर गर्दै जानकारी दिएकी छन् । उक्त स्टाटसमा उनले नेहाको गीतमा काम गर्न पाएकोमा खुसी समेत ब्यक्त गरेकी छन् ।पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दैछन् भने पुरुषोत्तम प्रधानको छायाँकन तथा बिपिन मल्लको सम्पादन रहने बताइएको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments