in

अभिनेत्री वर्षा सिवाकोटी स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त

barsha siwakoti

अभिनेत्री वर्षा सिवाकोटी स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी छन् ।सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी हुन् ।

सबैको माया, साथ र हौसलाको कारण आफूले चलचित्र उद्योगबाट समाजलाई केही न केही योगदान दिएको महसुस् गरेको बर्षा बताउँछिन्। आज सबैमाझ अर्को एउटा खुसीको खबर शेयर गर्न पाउदा असाध्यै उत्साहित रहेको उनले बताइन् । उनले आफू चिफ अप्रेसन अपरेटर (सिइओ(को रुपमा म आबद्ध भएको जानकारी दिइन् ।

उनका अनुसार स्किन सिटीले अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङसँग सम्वन्धित कुनै पनि समस्याको खोज, समाधान र उपचार गर्नेछ । अहिले स्किन सिटी भैंसेपाटीमा मात्रै रहेको छ । तर विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने सिइओ सिवाकोटीले जानकारी दिइन् ।

What do you think?

Written by filmy news

कठै बरा नेपाली जनता, तमासा हेरेर बस्न बाध्य छौँ – करिश्मा मानन्धर

पोर्न अभिनेत्री स्टर्मी डानिएल्स भन्छिन् – ‘डोनाल्ड ट्रम्पसँग ६० सेकेन्ड मेरो जीवनको सबैभन्दा खराब समय’