in ,

अभिनेत्री साम्राज्ञी बेलायत जादै (भिडियाेसहित)

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत उड्ने भएकी छिन् । चलचित्र ‘मारुनी’को बेलायतको लन्डनमा आयोजना हुने बिषेश शोका लागि उनी बेलायत जान लागेकी हुन् ।

 

अष्ट्रेलिया, जापान लगायत केही देशमा प्रदर्शन पछि चलचित्र ‘मारुनी’ २३ फेब्रुअरीमा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा बिषेश शो हुन लागेको छ । बेलायतमा चलचित्रको प्रदर्शन फिक्स भएको निर्माता पुनम गौतमले जानकारी दिएकि छिन् । चलचित्रको शो का लागि अभिनेत्री साम्राज्ञीका साथ आफु पनि फेब्रअरी २१ मा लण्डन उड्ने पुनमले बताएकि छिन् ।

https://youtu.be/uBjHkgM6uC8

एनआरएन यूकेको आयोजनामा चलचित्रको विषेश शो हुन लागेको हो । शो मा चलचित्र हेर्नका लागि १० बर्ष तलका बालबालिका र ६० बर्ष माथिका मानिसलाई निःशुल्क व्यवस्था गरिएको समेत एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले जानकारी दिएका छन् ।नवल नेपालको निर्देशन रहेको चलचित्रले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । उक्त चलचित्रमा साम्राज्ञीको अलवा रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ ।

What do you think?

Written by Filmy News

प्रेमको रिवन (कविता)

कमेडी च्याम्पिनको टप ५ बाहिरिए सुमन कार्की