Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टामैं बच्चा जन्माएपछि…

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए ।

    अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् ।उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

    उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ । एजेन्सी

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments