in

अस्पतालमा मनाइन नायिका श्वेता खड्काले आफ्नो जन्मदिन

नायिका तथा सामाजिक अभियान्ता श्वेता खड्काले हिजो आफ्नो जन्मदिन अस्पतालमा मनाइन् । माघ २२ गते पनौतीमा जन्मेकी श्वेताले आफ्नो ३१औँ जन्मदिन केही सामाजिक कार्य गरेर मनाइन् । उनले गरिब र सहारा बिहिनहरुको जीवन मा खुसी ल्याएकी छिन् । यसै बिच आज आफ्नो जन्मदिन मनाएकी श्वेताले नेपालगन्ज (खजुरा)की क्यान्सर पीडित २४ बर्सिया दिना परियारलाई सहयोग गरेकी छिन् । दिनको सुरुवातमा पशुपति नाथको दर्शन गरेपछि उनी दिनालाई भेट्न टिचिङ अस्पताल पुगेकी थिइन् ।

बिरामी दिनालाई भेटेपछि उनले फेसबुकमा भावुक हुँदै तस्बिर सहित लामो स्ट्याटस पोस्ट गरेकी छिन् ।

स्वेता खड्का ,

म टिचिङ्ग अस्पातलको Annex (ii) को ६०४ न क्या’बिनमा पुग्दा अशक्त भएर ढलेकी थिईन् नेपालगन्ज (खजुरा)की २४ बर्षिया दिना परियार । मलाई देखेपछी झटपट उठ्न खोजिन् , मैले रोकें । मैले उनको स्वास्थ्य स्थितीबारे सोध्दै उनी सुतेको कोठामा आँखा डुलाएँ । उनी सुतेको बेड नजिकै भगवानका केही तश्विरहरु छन्, जस्लाई हरेक दिन पुज्ने गरेकी छिन् दिनाले ।” म अहिले डाक्टर र भगवानको विश्वाशमा अडेकीछु ” उनले भनिन् ।आज मेरो जन्म दिन, भगवान पशुपतीनाथको दर्शन गरे पस्चात् मा’नवियताको कर्म निभाउन टिचिङ्ग अस्पातल पुगेको थिएँ ।

 

केही दिन अगाडि मेरो जानकारीमा आएको दिना परीयारको ना’जुक स्थितीमा थोरै भए पनि आफुले सकेको आर्थिक सहयोग गर्नु अनी उनिलाई आँट, साहस र हि’म्मत प्रदान गर्नु मेरो उद्देश्य थियो । कुनै मिडिया मार्फत दिनाले खे’पिरहेको आर्थिक सं’कटलाई प्रस्तुत गर्न पाए उपचार खर्च जु’टाउन सहयोग पुग्ने थियो भन्ने उनको परिवारको आशय अनुरुप मैले लोकप्रिय संचारकर्मी उत्सव रसाइलीलाई दिनाको रि’पोर्टिङ्ग गरिदिन आ’ग्रह गरेकी थिएँ । यो आ’ग्रहलाई उत्सवले सहजै स्वि’कार गरिदिए ।यो मेरो सानो प्रयास हो ।आफु मानव भएर जन्मनुको क’र्तब्य नि’र्वाह गरेर मानवकै बर्गमा आफुलाई सम्मिलित गर्ने झि’नो कार्य । “जन्म किन हुन्छ रु” भन्ने प्रश्नमा धेरैजना को उत्तर “म’र्न” भन्ने हुन्छ । तर मान्छेको जीवनलाई जन्म र मृ’त्‍युसंग मात्रा तुलना गर्नु भनेको ला’चारी बाहेक केही होइन । हाम्रो जन्म भएको केही कर्म गर्नको लागि हो जस्ले समाज परिवर्तनमा सानै भए पनि देन मिलोस् ।अतस् मेरो यो झिनो प्रयासलाई मैले बिज्ञापनको रुपमा होइन जानकारीको रुपमा प्रस्तुत गर्न खोजेकी हुँ ताकी दिना परियारहरु जस्तालाई रो’गसंग ल’ड्ने श’क्ती मिलोस् ।

 

हाम्रो सानो प्रयासले कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भने, किन नगर्ने ।मेरो उपस्थितिले दिनाको ओँठमा मुस्कान छायो, मैले ठुलो गिफ्ट पाएँ । कपडा सिलाएर जीवन चलाईरहेकी दिना परियारले छिट्टै निको भएर मलाई राम्रो ड्रेस सिलाइदिन्छु भनेकी छन् । मैले अर्को जन्मदिन मनाइरहँदा उनले सिलाएको पहिरन पहिरिन पाएँ भने त्यो मेरो लागि ठुलो गिफ्ट हुनेछ । दिनाले क्यान्सरलाई जित्न सकुन , मेरो शुभकामना ।

What do you think?

Written by filmy news

हास्यकलाकारले बलले सार्बजनिक गरे आफ्नी प्रेमिका

बेहुली बन्दै अभिनेत्री आँचल शर्मा