यौन मानिसका लागि सदैव कौतूहलको विषय रहँदै आएको छ । पूर्वीय समाजमा अझै पनि मानिसहरू यो विषयमा खुलेर कुरा गर्न चाहँदैनन्, तर पश्चिमा समाजमा भने यो विषयमा खुलेर कुरा गरिन्छ । कतिपय अवस्थामा त्यहाँका मानिसहरू आफ्ना आकांक्षालाई सार्वजनिक रूपमै व्यक्त गर्छन् र सोहीअनुरूपको व्यवहारसमेत गर्छन् ।
यही सन्दर्भमा क्यानाडाको टोरन्टोबाट प्रकाशित हुने अखबार द डायलगले प्रेम र यौनसम्बन्धी आफ्नो वार्षिक सर्वेक्षण लभ एन्ड सेक्स सर्भे–२०१९ सार्वजनिक गरेको छ । सानो स्याम्पलमा आधारित उक्त सर्भेले खासगरी मानिसहरूको रतिराग र प्रेमका विषयमा व्याप्त भ्रमहरू चिर्ने प्रयास गरेको छ ।

प्रेम कि यौन ?
यो प्रश्नमा सहभागी ५४ प्रतिशत मानिसले आफ्ना लागि प्रेम र यौन दुवै समान रुपले महत्त्वपूर्ण रहेको बताए । त्यसैगरी ३७ प्रतिशतले यौनभन्दा प्रेम महत्त्वपूर्ण रहेको बताए भने ८ प्रतिशतले यौन तुलनात्मक रूपमा बढी महत्त्वपूर्ण रहेको उत्तर दिएका छन् । साथै तपाइहरूलाइ के लाग्छ, अहिलेका युवा युवती प्रेम चाहान्छन कि यौन ? कृपया आफ्नाे प्रतिक्रिया दिनुहाेला !!
स्रोत – kantipursaptahik
https://www.youtube.com/watch?v=Vfo9rYwquCc
