अभिनेत्री आँचल शर्माले विवाहको तीन दिनपछि शनिबार विवाहको पार्टी दिएकी छिन् । त्यही पार्टीमा पुग्नका लागि आँचल श्रीमान उदीप श्रेष्ठसँग होटलसम्म हेलिकोप्टरमा पुगेकी थिइन् ।
https://youtu.be/vJBf5xIkndc

रिसेप्सनमा उनले लेहेङ्गा लगाएर पुगेकी थिइन् । रिसेप्सनको दिनमा नै पत्रकारहरुसँग अन्तर्वार्ता दिएकी आँचलले आफूले यो लेहङ्गा शभ्यसाक्षीको डिजाइनमा लगाएको बताएकी छिन् । शभ्यसाक्षी भारतकी विश्व चर्चित डिजाइनर हुन् । आँचलले लगाएको यो लेहङ्गाको मूल्य १६ लाख नेपाली रुपैयाँ भएको बताइएको छ ।
पत्रकारहरुसँग कुराकानी गर्दै आँचलले रिसेप्सनको दिनमा आफूले उदिपलाई पाउनु ठूलो भाग्य भएको र केयरिङ श्रीमान पाएकोमा खुसी लागेको बताइन् ।
