Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    आकाश र पूजाले एक अर्कालाई औंठी लागाएर मनाए आकाशको जन्मदिन

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेता आकाश श्रेष्ठको आज जन्मदिन परेको छ । उनी आज आफ्नो २७ औं जन्मदिन मनाउँदैछन् । जन्मदिन विशेष एक कार्यक्रममा नायक आकाश श्रेष्ठ र पूजा शर्माले एक अर्कालाई औंठी समेत लगाइदिएका थिए । पछिल्लो समय पूजा आकाशबीच प्रेम सम्बन्ध रहेको समेत चर्चा चल्ने गरेको छ । आकाश आजबाट २८ औं बर्ष लागेका छन् ।

    जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको आइरो लागेको छ । चलचित्र ‘म त तिम्रै हुँ’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका आकाश अहिले चलचित्र क्षेत्रमा निकै अगाडी रहेका छन् ।चलचित्र ‘म त तिम्रै हुँ’बाट खासै चर्चामा नआएपनि पछिल्ला चलचित्रहरुबाट भने चर्चामा आए ।

    ‘तिमीसँग’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायतका चलचित्रहरुमा अभिनय गरेका आकाश पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिन थालेका छन् । चलचित्र ‘रामकहानी’ मा अभिनेत्री पूजा शर्मा र आकाशको जोडी निकै रुचाएको थियो ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments