in ,

आज गायक प्रमोद खरेलको जन्मदिन

चर्चित गायक प्रमोद खरेलको आज जन्मदिन परेको छ । २०३६ कार्तिक २० गते जन्मिएका खरेल पछिल्लो समयका निकै सफल गायक हुन् । जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागेको छ । आज आफ्नो जन्मदिन परेको बारे खरेलले सामाजिक सञ्जाल फेसबुकमा पनि जानकारी गराएका छन् ।

उनले तस्बिर शेयर गर्दै भनेका छन् : ‘आज कार्तिक २०, मेरो विशेष दिन, जन्म दिने सृष्टिकर्ता, यो जन्म लाइ सदिक्षा, आशीर्वाद, स्नेह र माया दिएर सार्थक बनाइदिनु हुने हजुरहरु सबै प्रति नमन’ नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभाशाली गायकको रुपमा चिनिएका प्रमोद खरेलले हालसम्म २००० भन्दा बढी गीतहरू गाइसकेका छन् ।

 

उनले सरगरमाथा म्युजिक अवार्ड २०७५ मा सर्वोत्कृष्ट गायक आधुनिक विधाबाट अवार्ड समेत प्राप्त गरेका थिए । गायक खरेलले द भ्वाइस अफ नेपालको कोचको रुपमा पनि काम गरिरहेका छन् ।र्आनले सामाजिक सञ्जालमा लेखेका छन् – आज कार्तिक २०, मेरो विशेष दिन जन्म दिने सृष्टिकर्ता, यो जन्म लाइ सदिक्षा, आशीर्वाद, स्नेह र माया दिएर सार्थक बनाइदिनु हुने हजुरहरु सबै प्रति नमन

What do you think?

Written by filmy news

अदालतसम्म पुग्यो कंगना रनावत र जावेद अख्तरको लडाइँ

बलिउड अभिनेत्री पुनम पाण्डे पक्राउ