Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    आज नायिका श्वेता खड्काको जन्मदिन, यस्तो छ ३२औं जन्मदिन मनाउँदै गरेकी श्वेताको जीवन पाटो

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    आज नायिका श्वेता खड्काको जन्मदिन । १९८९ फेब्रुअरी ५ तारिखका दिन नायिका श्वेता खड्काको जन्म काभ्रेको पनौतीमा भएको थियो । यस हिसाबले आज श्वेताले ३२औं जन्मदिन मनाउँदैछिन् ।अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत बिभिन्न सामाजिक कार्य समेत गरिरहेकी छिन् ।

     

    https://youtu.be/3kKoUqFDB4A

     

    श्वेताले १२ वर्षअघि मोडलिङ हुँदै फिल्मी क्यारियर सुरु गरेकी हुन् । सन् २०१० मा रिलिज भएको चलचित्र ‘कहाँ भेटिएला’ उनको डेब्यु चलचित्र हो । एउटै चलचित्रबाट स्थापित हुने थोरै नायिकामा श्वेता पनि पर्छिन् । त्यसपछि उनले हाँसी देउन एक फेर, श्रीमान् श्रीमती, कोहिनूर र कान्छी चलचित्रमा अभिनय गरिन् ।

    कहाँ भेटिएला, कोहिनूर र कान्छी उनले आफैंले निर्माण गरेको चलचित्र हो । कहाँ भेटिएला खेल्नेक्रममा उनको अभिनेता श्रीकृष्ण श्रेष्ठसँग प्रेम सम्बन्ध बस्यो । त्यसपछि दुवैले आफ्नो प्रेमलाई विवाहमा परिणत गरे । बिहेपछि श्रीकृष्ण र श्वेता ६ महिना पनि सँगै बस्न पाएनन् । सन् २०१४ मा क्यान्सरका कारण श्रीकृष्णको निधन भयो ।

    श्रीकृष्णको निधनपछि दुई वर्ष नेपाली चलचित्र उद्योगबाट अलग्गिएकी श्वेता फेरि अभिनय र निर्माणमा लागिन् । आकाश अधिकारीसँग मिलेर कान्छी चलचित्र खेलिन् । अहिले उनी सिन्धुपाल्चोकको माझीबस्तीमा एकीकृत घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्यमा लागेकी छन् ।

    Name – Shweta Khadka
    Birthday – 5 February 1988
    Birth Place – Panauti, Kavre
    Height – 5 Ft 3″
    Occupation – Actress, Model, Films Producer, Social Worker
    Affiliation – Managing Director of MRS & Engineering (P) Ltd
    Schooling – Shree Ram High School, Khopasi
    College-  Indreshowr Higher Secondary School
    Education – Tribhuvan University
    Current Residence – Kathmandu
    Debut Movie – Kaha Bhetiyela
    Late Husband – Shreekrishna Shrestha
    Awards Popular – Actress Award 2014

    https://youtu.be/3kKoUqFDB4A

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments