मेरो जीवनमा तिम्रै मात्र जरुरत थियो
यो कुरा तिमीलाई पनि त अवगत थियो ।
आज समाजले पागलको उपमा दिएको छ ,
यसमा पनि तिम्रै हात शतप्रतिशत थियो ।

झुपडीको कुरा उठाउने आलिशान पुगिसके
झुपडी उस्तै छ जस्तो पहिला आपत थियो ।
देशमा नेताका आफन्तले अड्डा जमाएपछि
गरीबीले खेद्यो देशमै बस्ने त चाहत थियो ।
दक्षिणा दिए भाग्य फेरिने रैछ मैले नाम जपेँ,
के था मलाई भगवानको यस्तो हर्कत थियो ।
