in ,

आत्महत्याको एक दिन अघि गर्लफ्रेन्डलाई लिएर कहाँ गएका थिए सुशान्त?

बलिउड अभिनेता सुशान्त सिंह राजपुत एक युवतीसंग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनी रिहासंग प्रेममा रहेको र देहत्याग गर्नु एक दिन अघि मात्र उनले आफ्नो प्रेमिकालाई घर पठाएको खुलासा भएको छ ।

 

प्रहरीले उनले यस्तो निर्णय गर्नुको कारण वारे गरेको अनुसन्धानमा उनको जिवनको अर्को पाटो बाहिर आएको हो ।भारतीय समाचार माध्यमहरुले शुसान्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबतीलाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दावी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले उजागर गरेको छ ।

 

उनीहरु प्रेममा रहेको कुरा भारतीय सञ्चार माध्यमले दावी गर्दै संगै रहेका तस्विर र भिडियो सार्वजनिक गरेका थिए । ति तस्बिर र भिडियोमा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले लुकिछुपि धेरैपटक भेट गरेको एक मिडियाको क्यामेरामा कैद भएको थियो ।एजेन्सी

What do you think?

Written by filmy news

पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल