in

इमेल र फेसबुकमार्फत महिलाहरुलाई अश्लिल तस्बिर पठाउने २ जना पक्राउ

सामाजिक सञ्जाल इमेल र फेसबुकमार्फत महिलाहरुलाई अश्लिल तस्बिर पठाएको आरोपमा दुई जना पक्रउ परेका छन् । उनीहरुलाइ यौन उत्पीडन एवम् हैरानी गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका -३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका-६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेको प्रहरीले बताएको छ ।

सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने र हैरानी गर्ने कार्य गरेको बताइएको छ । थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने भनी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको प्रहरीले जानकारी दिएको छ ।

What do you think?

Written by filmy news

२ सयका लागि तड्पिएका अक्षय कुमार आज कति कमाउँछन्? कति छ उनको सम्पत्ति?

कपाल झर्ने समस्या छ? यसरी गर्नुहोस् घरमैं उपचार