in

एक क्‍विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

एक क्‍विन्टलभन्दा बढी परिमाणको गाँजासहित बागलुङमा एक वडाध्यक्ष पक्राउ परेका छन् । बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई इलाका प्रहरी बुर्तिवाङले पक्राउ गरेको हो ।

 

बिक्री गर्न गाँजा लिएर हिँडेका उनलाई वडा ५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरी नायब उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

What do you think?

Written by Filmy News

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

नारायणी नदीले बगाउँदा २१ वर्षीय युवक बेपत्ता