कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विज्ञप्तिमार्फत् र थप २५ जनामा संक्रमण पुष्टि भएको जनाएकाे हो।
प्रतिष्ठानमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसीआर परीक्षण गरिएकोमा २ स्वास्थ्यकर्मी, १ जना भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको जनाइएको हो। प्रतिष्ठानमा बुधबार ४ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो।

संक्रमित सबै जना प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निर्देशक डा मंगल रावलले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको जनाएका छन्।
