in

कलाकार निर्मल शर्मा ‘गैडा’ कोरोना संक्रमित

कलाकार, निर्देशक निर्मल शर्मा ‘गैडा’ कोरोना संक्रमित भएका छन् । शुक्रबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफू कोरोना संक्रमित भएको शर्माले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले अगाडि लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’

शर्माले आफूसँग सम्पर्कमा आएका सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् । शर्मा पछिल्लो समय छोटा फिल्म, विज्ञानपन चलचित्र, म्युजिक भिडियो र टेलिचलचित्र निर्माण निर्देशनमा व्यस्त रहँदै आएका छन् ।

What do you think?

Written by filmy news

How Scientifically Accurate is Jurassic World?

कोरोना संक्रमणका कारण सिकिस्त रहेका मनोज गजुरेललाई पूर्व पत्नी मीना ढकाले पत्र – छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ