in

कलाकार हरिवंश आचार्य दम्पतिले जिते कोरोना

बरिष्ठ कलाकार हरिवंश आचार्य दम्पति कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । असोज १९ गते आचार्य र र उनकी श्रीमती रमिला आर्चायलाई कोरोना संक्रमण भएको खबर सामाजिक सञ्जालबाट उनले बताएका थिए । संक्रमण भएपछि आचार्यले दुवैको स्वास्थ्य सामान्य रहेको जानकारी दिदै यस बिचमा आफ्नो सम्पर्कमा आएका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परिक्षण गराउन आग्रह गरेका थिए । कोरोना संक्रमण मुक्त भएसँगै आचार्यले माया गर्ने सबैलाई धन्यवाद दिदैँ फेसबुकमा लेखेका छन् – हाम्रो कोरोनाको रिपोर्ट “ Negative “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद ।

What do you think?

Written by filmy news

महिला कण्डम प्रयोगबारे जानिराखौं

नेपाली गीतसंगीत क्षेत्रकी सर्वाधिक महंगो गायिका बिष्णु माझी – गीतको २ लाख पारिश्रमिक लिइन्