in ,

काेराेना भाइरसकाे कारण धकेलियो चलचित्र ‘हिजो आजका कुरा’ को रिलिज डेट

नेपाली कथानक चलचित्र ‘हिजो आजका कुरा’ को रिलिज डेट सरेको छ । वैशाख १२ गतेका रिलिज डेट तय गरिए पनि कोरोनाको प्रकोपका कारण रिलिज डेट पर सरेको हो । साकार पन्तले निर्देशन गरेको चलचित्र कोरोनाको प्रकोप अन्त्य भएर अवस्था सामान्य भए पछि रिलिज डेट तोकिने आज एक विज्ञप्ती जारी गर्दै उल्लेख गरिएको छ ।

 

सन्तोष पन्तको लेखन रहेको चलचित्रमा सन्तोषसँगै रमा थपलिया, रिमा विश्वकर्मा, ऋचा शर्मा, केकी अधिकारी लगायत चलचित्रको मुख्य भूमिकामा छन् । सन्तोष पन्तले लामो समय निर्देशन गरेको हास्य टेलिश्रृंखलाको नाममा उनका छोराले फिचर फिल्म निर्देशन गरेका हुन् । साकारको यो डेब्यू चलचित्र हो ।

 

 

कोरोनाको प्रकोपका कारण फागुन १६ यता कुनै पनि नेपाली चलचित्र रिलिज भएका छैनन् । फागुन १६ मा चलचित्र धुलो रिलिज भएको थियो । कोरोना भाइसरको जोखिमका कारण सिनेमा हलहरु बन्द रहेका छन् । कोरोनाका कारण प्रेम गीत–३, म यस्तो गीत गाउँछु–२, चपली हाइट–३ र लक्का जवान पनि पूर्व निर्धारित समयमा रिलज हुन पाएनन् ।

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

१० वर्ष अघिकाे गायक रामकृष्ण ढकालको ‘बिहान उठ्ने बित्तिकै’ गीतको भिडियो सार्वजनिक