विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासका कारण भारतीय अभिनेत्री कैट्रिना कैफले घरमै जीम गर्न शुरु गरेकी छिन् ।
भारतले जीम, स्कूल, सपिङ मल जस्ता भीडभाड हुने क्षेत्रलाई बन्द गर्ने घोषणा गरेपछि बलिउडका कतिपय अभिनेता अभिनेत्रीहरू घरमै बसेर आफ्ना दैनिक कामकाज गर्ने गरेका हुन् । अभिनेत्री कैट्रिना कैफले आफ्नो इन्स्टाग्राममा आफूले जीममा वर्कआउट गरेको भिडियो सार्वजनिक गेरकी छन् ।

