in

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतककाे संख्या १ सय ८३ पुग्याे

कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ सय ८३ पुगेको हाे ।

 

उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक-एकजना महिला रहेका छन् ।

 

त्यसैगरी काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कुल कोरोना भाइरस संक्रमितको ० दशमलव ५२ प्रतिशतको मृत्यु भएको छ ।

What do you think?

Written by Filmy News

राजेश हमालले कोरोनाका कारण प्रभावित भएका चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने

थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि, संक्रमितकाे ३५ हजार ५२९ पुग्याे