एजेन्सी– चेन्नई एक्सप्रेस र रावन जस्ता बलिउड चलचित्रका निर्माता करीम मोरानी कोरोना भाइरसको उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।शुक्रबार गरिएको कोरोना भाइरसको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।
मोरानीलाई अप्रिल ८ मा कोरोना भाइरस संक्रमण देखिएपछि मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो। कोरोना भाइरसको संक्रमण भएका उनका दुई छोरीहरु यसअघि नै निको भइसकेका छन्। मोरानीको परिवारमा उनकी छोरी शाजा सबैभन्दा पहिले कोरोना संक्रमित भएकी थिइन्। त्यसपछि उनकी अर्की छोरी जोयालाई पनि संक्रमण देखिएको थियो। अहिले सबैजना सञ्चो भएर घर फर्किसकेका छन्।

