in ,

कोरोना फैलाएको आरोपमा गायिका कनिकाबिरुद्ध मुद्धा

बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोनाभाइरसको उपचारपछि घर फर्किएकी छिन् । यसैक्रममा उनीबिरुद्ध हालै एक मुद्धा लागेको छ । भारतिय मिडियाका अनुसार सार्वजनिक रुपमा कोरोनाभाइरस फैलाएको भन्दै उनीबिरुद्ध मुद्धा हालिएको हो ।

 

कोरोना संक्रमण भएको बेला उनले कन्सर्टमा गएर रोग फैल्याएको भनि आरोप लगाइएको छ । गायिका कनिकालाई १४ दिन भित्रमा अदालतले उपस्थित हुन उर्दी गरेको भारतिय मिडियाले जनाएको छ । कनिकाले उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पतालमा दुई साता उपचार गराएकी थिइन । दुई साता उपचारपछि उनी सोमबार बिहान डिस्चार्ज भएकी हुन् ।

What do you think?

Written by Filmy News

दीपकराज गिरी- हामीलाई एक्लै हिरो बन्ने बानी छ

रहेनन् भारतीय चर्चित हास्य अभिनेता बुलेट प्रकाश