in ,

कोरोना फैलिरहेको अवस्थामा गलत समाचार दिनेविरुद्धमा लागे महेश बाबु

साउथ फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण पछिल्लो समउ उनी घरमै छन् । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनमा सबै फिल्मी कार्यक्रमहरु बन्द हुँदा उनी घरमै बस्न बाध्य छन् ।

 

 

उनले घरमा हुँदा सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे बिभिन्न सचेतनामुलक कुराहरु जानकारी गराइरहका छन् । उनले कोरोनाको संकटको सामना गर्न कोरोना कोषलाई आर्थिक सहयोग पनि गरिसकेका छन् । यस्तै उनी हाल फेक न्यूजविरुद्धको अभियानमा लागेका छन् ।

 

 

कोरोना फैलिरहेको अवस्थामा गलत समाचार दिने विरुद्ध उनी लागेका हुन् । उनले यस्तो अवस्थामा फेक न्यूज समाजका लागि खतरा हुने बताउदै यसविरुद्धको अभियानमा आफु लागेको बताएका छन् । फेक न्यूजविरुद्धको अभियानमा अन्य बलाकारहरु पनि लागेका छन् । उनले पैसाको लोभमा नबोलेको कुरालाई फैलाउने गरिएको पनि बताएका छन् । अहिले दक्षिण भारतीय कलाकारले सामाजिक सञ्जालमा ‘किल फेक न्यूज’ र ‘किल कसिप वेबसाइट’ ह्यासट्याग चलाएका छन् ।

What do you think?

Written by Filmy News

लकडाउनमा नायिका वर्षा राउत आफैलेनै काटीदिइन् श्रीमान कपाल

यस्ताे घरमा बस्छिन् अभिनेत्री तमन्ना भाटिया