बलिउडमा बेबी डल गायिकाको नाममा चर्चित कनिका कपुर कोरोना भाइरसलाई हराएकी छिन्। १७ दिनसम्म अस्पतालमा उपचारमा रहि कनिकाले कोरोनालाई हराएकी हुन्।

१७ दिनअघी कोरोना पोजेटीभ देखिएकी कनिका लखनउस्थित एक अस्पतालमा भर्ना भएकी थिइन् । १७ दिनको अस्पताल बसाइमा ४ वटा टेस्ट पोजेटीभ आएपनि पछिल्ला २ वटा टेस्ट नेगेटीभ आएपछि उनलाई डीस्चार्ज गरि घर पठाइएको हो।
