कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमीकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ । सिमीकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी विरमता शाहीले अहिले जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस रखिएको प्रसूती गृहकी सिनियर अनमी सरिता बोहराले बताइन् ।

‘पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको छ,’ उनले भनिन्, ‘ जुम्ल्याहा बच्चाको आमा विरमति शाही र बुबा हस्तबहादुर शाहीले नै सहमति दिएपछि अस्पातलको पूर्जामै सो नाम राखिदिएका हौं ।’
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी बोहराका अनुसार जन्मिँदा कोरोनाको तौल २ हजार ५ सय ग्राम र भाइरसको तौल १ हजार ७ सय ग्राम भएको बताइन् । जिल्ला स्वास्थ्य कार्यालयको प्रसूति गृहमा आमा र बच्चा रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको अनमी बोहराले जानकारी दिएकी छिन् ।
यो पनि
https://youtu.be/zxiPMwNH9CE
