in

कोरोना संक्रमणविरुद्ध लड्न हिमानी कोषमार्फत २ करोड सहयोग, सम्मान स्वरुप शेयर गरौं

विश्वभर कोरोना संक्रमणको सन्त्रास फैलिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न नेपाल सरकारको राहत कोषमा दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

 

पूर्व राजा शाहले मंगलबार एक विज्ञप्ती जारी गर्दै कोरोना बिरुद्ध लड्न हिमानी कोषमार्फत सरकारले बनाएको कोरोना उपचार कोषमा सो रकम जम्मा गर्ने घोषणा गरेका हुन । शाहले विज्ञप्तीमा भनेका छन, दुःख कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गर्न बुझाएका छौं ।’

 

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै सो कार्यलाई अझै प्रभावकारी बनाइनु पर्नेमा समेत जोड दिएका छन । यसैगरी उनले लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै सोको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि नरहेको भन्दै सबैलाई लक डाउनको पालना गर्न समेत आग्रह गरेका छन ।

‘लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन,’ उनले विज्ञप्तीमा भनेका छन । शाहले महामारीविरुद्ध अहोरात्र खटिने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने संचारकर्मी एवं पत्रकारहरूप्रति समेत आभार व्यक्त गरेका छन ।

What do you think?

Written by filmy news

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

‘नाइँ नभन्नू ल–६’ पनि बन्ने पक्का