in

को हुन् कमला घिमिरे कसरी बनिन् भाईरल (हेर्नुस् भिडियाेसहित)

दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन् । दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै सुरिलो छ।

 

कमला अहिले उमेरले १२ वर्ष लागिन्। बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरे हुन् । , ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्यालयका प्रतियोगीतामा भाग लिई कुनै न कुनै पोजिसन जितेकै हुन्छिन्। गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्।

हेर्नुस् भिडियाे

 

परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन्। न कसैले गीत गाउँछन् न त उनको गीतमै रमाउँछन्। ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन्। ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’

 

 

सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन्, रेडियो, टिभीमा बजेको गीतका भाकाहरु टपक्कै टिप्थिन्’, उनले भने, ‘पहिले विद्यालय र छिमेकमा मात्रै सिमित थियो, अहिले छोरीको प्रतिभालाई सबैले चिनेका छन्।’

 

 

मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन्। बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन्। एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन्। घरको आर्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन्। सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला सहदै पाँच वर्ष गुजारिन्। पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए।

 

 

सासु ससुरासँग छुट्टै बस्दै आइरहेका देवकीले २०७२ बैशाखमा गएको भूकम्पपछि अनुदानको रकमले घर बनाइन्। अहिले छोरा र छोरीसँगै बस्दै आइरहेकी छन्। आमाको माया र साथले उनलाई निरन्तर प्रगति पथमा लम्काइरहेको छ। आमाले गरेको दुःख र संघर्ष उनले नजिकबाट नियालिरहेकी छन्। त्यसैले उनले आमाको संघर्ष र आशुलाई गीत मार्फत यसरी व्यक्त गर्छिन्।

 

 

नीलकण्ठ नगरपालिकाको वडा नं १२ स्थित पशुपति माद्यमिक विद्यालयमा अध्ययनरत छिन् । सानैदेखि आमाको संघर्ष नियालिरहेकी उनले गीतका टुक्काहरु पनि त्यस्तै खाले बनाउने गर्छिन्।भदौ ७ गते नीलकण्ठ नगरपालिका वडा नं १२ रिजालडाँडामा तीज विशेष कार्यक्रम तथा प्रतियोगीता थियो। महिला समूहले आयोजना गरेको तीज गीत प्रतियोगीता हेर्न गाउँभरिका मानिसहरु भेला भए।

 

 

कार्यक्रममा निर्णायकको भूमिका निर्बाह गरिरहेका रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा गायक अमृत सापकोटा समक्ष कसैले दोहोरी गीत गाउने प्रस्ताव राखे। सापकोटाले सहजै स्वीकार गरे। एकैछिनमा सानी बहिनी स्टेजमा पुगिन्। माइक समातिन् र दोहोरी गीत गाउन थालिन। ११ वर्षीय कमला घिमिरेको यो प्रस्तुतिले कार्यक्रममा सहभागी सबैको ध्यान तान्यो। सहभागीले आफूसँग भएको मोबाइल निकालेर फोटो, भिडियो खिच्दै गीतमा रम्न थाले। करिब १६ मिनेट जति कमला र अमृतको दोहोरी चल्यो। बालिकासँग दोहोरी खेलेका सापकोटालाई गीतमा उत्तर दिन हम्मे हम्मे परेको थियो।

 

कार्यक्रम सकियो, सबै आ–आफ्नो घर लागे। सानी बहिनीले दमदार प्रस्तुति दिएपछि संचारकर्मी सापकोटाले आफ्नो मोबाइल खिचेको भिडियो हेरे। भोलिपल्ट आफ्नै युटुब च्यानलमा अपलोड गरिदिए र सामाजिक संजालमा सेयर गरे। केही दिनमै उनले गायकको गीत युटुबको टेन्डिङमा पर्यो। चारैतिर कमलाको खोजी हुन पुगेको सापकोटाले बताए।उनको गीतको प्रशंसा गर्नेहरु धेरै भेटिएको संचारकर्मी सापकोटाले बताए। ‘सानै उमेरमा दोहोरी खेलेर सबैलाई टक्कर दिने क्षमता बहिनीमा छ’, उनले भने, ‘अवसर पाए उनको भविष्य सुन्दर छ।’ आफूले राखेको भिडियोले कमला बहिनीको प्रतिभालाई चिनाउन पाउँदा खुसी र हर्षित भएको उनले सुनाए।

What do you think?

Written by Filmy News

प्रेमीकालाई शारीरिक सम्पर्कको लागि मनाउनुहाेस् यसरी

अब यसरी आफैले चिन्नुहाेस् आफ्नाे असल र पराइ मित्रहरु