in

को हुन् सर्वत्र चर्चामा रहेको ‘डीयर कमरेड’की नायिका रश्मिका मान्डणा(भिडियोसहित)

‘डीयर कमरेड’ नामक चलचित्रमा नायिकाको रुपमा रश्मिका मान्डणा छिन् । यो चलचित्र रिलिज भएसँगै उनको चर्चा चुलिएको छ ।सामाजिक संजालमा उनलाई पछ्याउनेको संख्या बढेको छ । सामाजिक संजाल फेसबुकमा उनका ११ लाख भन्दा बढी फलोअर्स छन् । विशेषगरि, रश्मिकाको अभिनय र उनको मुस्कानलाई दर्शकले रुचाएका छन् । उसो त, रश्मिकाको यो पहिलो चलचित्र भने होइन । उनलाई ‘कर्नाटक क्रस’को रुपमा कन्नडा चलचित्र नगरीमा चिनिन्छ ।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘किरिक पार्टी’ सन् २०१६ मा रिलिज भएको थियो, जुन बक्स अफिसमा हिट भयो । उनले सन् २०१७ मा ‘अन्जानी पुत्र र चमक’मा काम गरिन् । यस्तै, उनले तुलुगु चलचित्रमा सन् २०१८ मा ‘चलो’ नामक चलचित्रबाट डेब्यू गरेकी थिइन् ।उनी अभिनित चलचित्र ‘गीतथा गोविन्दम’ सन् २०१८ मै रिलिज भयो, जसले सर्वाधिक नाफा कमाउने तेलुगु चलचित्रको रुपमा आफूलाई स्थापित पनि गर्यो । उनी अहिले तेलुगु र कन्नडा चलचित्र नगरीमा सर्वाधिक रुचाइएकी नायिकाको रुपमा स्थापित छिन् ।

सन् १९९६ मा अप्रिल ५ मा जन्मिएकी यी सुन्दरीलाई ‘डीयर कमरेड’ नामक चलचित्रले विश्व बजारमा लोकप्रिय बनाइदिएको छ । युटुबमा हिन्दी भाषामा समेत यो चलचित्र रिलिज भएपछि उनलाई पछ्याउने र उनलाई रुचाउनेको संख्या बढेको हो । रश्मिका र नायक रक्षित सेट्टीको इन्गेजमेन्ट सन् २०१७ मा भएको थियो । तर, उनीहरुले सन् २०१८ मा आफ्नो इन्गेजमेन्ट तोडेका थिए । रश्मिकाले सन् २०१२ बाट मोडलिङ सुरु गरेकी थिइन् ।

को हुन् रश्मिका मान्डणा?

https://youtu.be/3564MbHhZYA

What do you think?

Written by filmy news

गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा

रश्मिका मान्डणा -‘डीयर कमरेड’