in

क्रिकेटको बल दिएर धुर्मुसले सुन्तलीलाई भने– ‘आइ लभ यू’, यसरी सम्झिए प्रेम चक्कर (भिडियोसहित)

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र उनकी श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’ अहिले एउटै काममा फोकस भएका छन् । त्यो हो— चितवनमा स्टेडियम बनाउने ।चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम बनाउन लागेको यो जोडीले आर्थिक स्रोत संकलनका लागि विभिन्न अरु कामहरु पनि गरिरहेका छन् । जस्तै, केहीअघि त्यहाँ धनधान्यचाल महायज्ञ लगाइएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले फिल्म सेन्टी भाइरस पनि बनाएको छ । यो फिल्मको कमाइको केही प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमलाई दिने भनिएको छ ।

 

यही रंगशालामा १४ फ्रेबुअरी अर्थात् भ्यालेन्टाइन्स डेको दिन एउटा मैत्रिपूर्ण खेल खेलिएको थियो– फिल्म सेन्टी भाइरसको टिम र फिल्मी पत्रकारहरुबीच ।यहीबीच त्यही खेलबाट एउटा तस्वीर अहिले समाजिक सन्जालमा निकै सेयर भइरहेको छ । तस्वीर हो, धुर्मुस र सुन्तलीको । उनीहरु दुवैले यो मैत्रीपूर्ण खेल खेलेका थिए ।अन्जान केसीले खिचेको यो तस्वीरमा धुर्मुसले आफ्नी श्रीमतीलाई क्रिकेट बल एउटा प्रेमीले प्रेमिकालाई गुलाब दिएको जस्तै दिएका छन् । क्रिकेट ब्याट लिएर उभिएकी सुन्तलीले यसको बदलामा मीठो मुस्कान धुर्मुसलाई दिएकी छिन् ।

What do you think?

Written by filmy news

पाथिभरामाताको दर्शन गर्दै थाहापाउनुहोस् आजको राशिफल

‘भ्यालेनटाइन डे’ र जन्मदिन एकैदिन मनाउदै सुष्मा कार्की (भिडियाेसहित)