Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    क्वारेन्टाइनमा बसेका २१ जना कोरोना संक्रमित यस कारण भागे…

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    दैलेखको नौमूले गाउँपालिकाको क्वारेन्टाइन बसेका कोरोना संक्रमित भागेका छन् । भैरव माविको क्वारेन्टाइनमा राखिएका २१ जना कोरोना संक्रमित बिहीबार राति भागेको गाउँपालिकाले जानकारी दिएको छ ।

    उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । नौमूले बजारस्थित भैरव माविमा रहेको क्वारेन्टाइनमा ९४ जनालाई राखिएको थियो । झण्डै दुई हप्तासम्म पनि दोस्रो पटक पीसीआर परीक्षण नगरिएको भन्दै संक्रमित क्वारेन्टाइनबाट भागेको बताइएको छ । भागेकामध्ये केहीलाई बिहीबार राति नै ल्याइएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए ।

    बाँकीलाई ल्याउन प्रहरी परिचालन गरिएको छ ।अध्यक्ष बुढामगरले सबै संक्रमितको खोजी कार्य जारी रहेको बताए । संक्रमित भागेको खबर आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी परिचालन गरिएको डीएसपी हरिबहादुर ओलीले बताए ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments