Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    क्वारेन्टाइन अभियान नाट्य महोत्सव आजबाट समापन हुँदै

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ को नाटक ‘गर्भछिटा’ र ‘ताराबाजी लै लै’ प्रदर्शन गर्दै समापन हुँदैछ। शनिबार दुई नाटक प्रदर्शनसँगै १६ दिन लामो महोत्सव सक्किनेछ।

    दिउँसो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’ को भिडियो प्रदर्शन हुँदैछ। हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारहरूको अभिनय छ। नाटकमा विष्णुमाया परियार, राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्का लगायतको अभिनय देख्न पाइनेछ।

     

    त्यस्तै साँझ ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’ को भिडियो प्रदर्शन हुनेछ। तत्कालिन गुरूकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पुर्याउँछ। गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा छन्। नाटक नर्वेका रंगकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन्। नाटकमा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा, प्रविण खतिवडा, विपिन कार्की लगायत कलाकारको अभिनय छ।

     

     

    नाटकको भिडियो थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत प्रसारण हुनेछ। यो महोत्सव विश्व रङ्गमञ्च दिवसको अवसरमा सुरु गरिएको थियो। कोरोना संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरू भएको थियो।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments