Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    खेतबारीमा व्यस्त नायक आर्यन सिग्देल

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    मुलुकमा जारी लकडाउनका कारण सबै जना अहिले घरमै छन् । जसका कारण नेपाली चलचित्रका कलाकारहरू पनि घरमै छन् । घरमा रहेको बेला उनीहरूले विभिन्न काम गरिरहेका छन् ।

     

    लकडाउनका  बेला अभिनेता आर्यन सिग्देल बारीको काममा व्यस्त छन् । यतिबेला बर्खे तरकारी लगाउने बेला सुरु भएकाले बारी खनजोत र तरकारी रोप्ने काममा उनी व्यस्त भएका हुन् । अभिनेता आर्यन सिग्देल यतिबेला थानकोटस्थित आफ्नो घरमा छन् ।

     

    घर बस्ने क्रममा मोटाउने अवस्था आएपछि शरीर पनि स्वस्थ रहने, व्यायम पनि हुने र बुबाआमालाई काममा सहयोग पनि पुग्ने भएकाले आफू खेतबारीको काममा उत्रिएको उनले बताएका छन् ।चलचित्रको कामले लामो सयमदेखि परिवारलाई समय दिन नसकेका अभिनेता आर्यन अहिले फुर्सदमा छन् । सोही कारण उनले परिवारलाई समय दिन पाएका हुन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments