Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्र‌मण देखियाे

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्र‌मण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । याे संगै गण्डकी प्रदेशका ७ सय ९२ जनामा कोरोना स‌ंक्रमित पुगेकाे हाे ।

     

    नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । २५ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

     

    सबै सङ्क्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिएका छन् । कोरोना सङक्रमितमध्ये १ सय १ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमित २ जनाको ज्यान गएको छ ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments