in

गण्डकी प्रदेशमा बिहानै थपिए ३२ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा आज शनिवार थप ३२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ।

शनिवार बिहान विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले यसबारे जानकारी दिएका हुन्। संक्रमितमध्ये २२ जना स्याङ्जाका छन् भने ८ जना बाग्लुङका छन्। बाँकी दुई जना पूर्व नवलपरासीका रहेका छन्।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएका हुन्। हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा रहेका छन् भने अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइएको छ्र

What do you think?

Written by Filmy News

पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल

प्यूठानमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि