नेपाली गित संगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका चर्चित युवा गायक गणेश साउँद जिसीको आवाजमा रहेकाे नयाँ गित ‘4G काे Speed’ सार्वजनिक भएको छ ।
भिडियो गणेश साउँद जिसीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।गायक जिसीको शब्द रचना तथा संगीत रहेको गीतमा सुमन केसीको संगीत संयोजन रहेको भने यस गीतको म्युजिक भिडियोमा युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरीयोग्राफ रहेको छ । भिडियोमा मिलन विश्वकर्माको सम्पादन रहेको छ र नरेश ऐरको छायांकन रहेको म्युजिक भिडियोमा करिश्मा ढकाल,गणेश साउँद जिसी र र्यापर कार्की जिको अभिनय रहेको छ ।

