in

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै गुल्मीमा कोरोना संक्रमित हुनेको संख्या १ सय ५७ पुगेको छ । २० जना कोरोना संक्रमितहरु निकाे भएर घर फर्किसकेका छन् । त्यस्तै गुल्मी जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ

 

 

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।

 

 

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २९, ३६, ३५ र २३ वर्षका पुरुष तथा १९ वर्षकी महिला छन् । त्यस्तै इस्मा गाउँपालिकाका २०, ३४ र २६ वर्षका पुरुष तथा २२ वर्षकी महिला छन् । रुरु क्षेत्र गाउँपालिकामा ५ वर्षीय बालक तथा २८ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताएका छन् ।

What do you think?

Written by Filmy News

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्र‌मण देखियाे

एक क्‍विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ