in

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई महायज्ञबाट ५५ करोड सङ्कलन हुदै

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी ३५ करोड बढी सङ्कलन भएको छ ।

 

महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई ५५ करोड रूपैंया सङ्कलन हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् ।

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

विवाहअघि नै आमा बनिन् बलिउड अभिनेत्री कल्की