Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    चलचित्रमा निकै नराम्रो व्यवहार भोगेकी छु, सबै कुरा भन्नै सक्दिँन : नायिका साम्राज्ञी

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चलचित्र ‘ड्रिम्स’बाट चलचित्र क्षेत्रमा उदाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत बताएकी छिन् ।

    उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत आफ्नो मनको कुरा सेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ ।

    त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले सो समयमा नै आफ्ना धेरै ट्रोलहरू बनेको पनि बताएकी छन् ।

     

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments