in ,

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरका अनुसार प्रेम, बिछोड, पीडा र सरकारी कार्यालयको कार्यशैलीमा आधारित बनेको छ चलचित्र।भूकम्पबाट विछोडिएको परिवारले पुनर्मिलनका लागि गरेको संघर्षको कथा चलचित्रमा छ। सञ्चारकर्मी फूलमान वलले चलचित्र निर्देशन गरेका हुन्। ‘नीरफूल’मा दयाहाङ राई, जिग्मे घिसिङ, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरीलगायत कलाकारको अभिनय छ। यसअघि दीपेन्द्र लामा पनि चलचित्र पत्रकारिताबाट फिल्म निर्देशनमा लागेका थिए।

What do you think?

Written by filmy news

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

विवाहमा प्रियंकाले किन बोलाइनन् आँचललाई