in ,

चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माण अभियानका लागि चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा एक कार्यक्रमका बिच ट्रेलरको सार्वजनिक गरिएको हो ।

धुर्मुश सुन्तलीको शुबिहानी फिल्मले निर्माण गरेको फिल्ममा राजनीतिको उथुलफुतथल खेललाई देखाउन खोजिएको छ । फिल्मको ५०५ रकम चितवनमा निर्माण भईरहेको गैतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा खर्च गरिने निर्माण पक्षले बताएको छ ।फिल्ममा सिताराम कट्टेल, कुन्जना धिमिरे, दयाहाङ राई, बुद्धि तामाङ, राजाराम पौडेल, विल्शन बिक्रम राई, सन्दीप क्षेत्री, बसन्त भट्ट, कमल मणि नेपाल लगायतको अभियान रहेकोको छ । फिल्मको निर्देशक रामबाबु गुरुङले र लेखन कुमार कट्टेल र दिपक आचार्यले गरेका हुन ।

ट्रेलर रिलिज कार्यक्रममा कलाकार धुर्मुस सुन्तली, दयाहाङ राई, बुद्धि तामाङ निदेशक रामबाबु गुरुङ, दिपाश्री लगायत उपस्थिति थिए । कार्यक्रममा धुर्मुसले आफू रंगशालामा ब्यस्त भएको कारण फिल्ममा काम गर्न नसकेको जनाए । उनले रंगशाला निर्माण गर्नमा सहयोग गर्न अनुरोध गरे।चलचित्र फागुन ९ गते महाशिवरात्रीको दिन देश भर रिलिज हुँदै छ ।

https://youtu.be/AOBPRe1cQ1o

 

What do you think?

Written by filmy news

बलिउड अभिनेत्री सन्नी लियोन अब निर्माता पनि

२८ बर्षको सपना पुरा भयो – कुञ्जना घिमिरे (भिडियोसहित)