in

चितवनका थप ३४ जनामा देखियाे कोरोना संक्रमण

चितवनमा आज (शुक्रबार) थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी कैलालीको गोदावरी–७ का ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए ।

 

 

यसैगरी चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ । चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनकै रत्ननगर नगरपालिका–४ की २७ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक परीक्षण गरिएका २१४ वटा नमुनामध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ र १८० जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

What do you think?

Written by Filmy News

नारायणी नदीले बगाउँदा २१ वर्षीय युवक बेपत्ता

पोखरालाई मिस गर्दै प्रियंका