in ,

चौथो परीक्षण पनि पोजेटिभ आएपछि गायिका कनिकाले लेखिन् मन छुने स्टाटस

भारतको लखनउको एक अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ । चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै पाँचौ परिक्षण भने नेगेटिभ आउनेमा आशारत रहेको बताइन् ।

 

 

उनले सेयर गरेको पोस्टमा भनिएको छ,“जीवनले हामीलाई समयको सदुपयोग गर्न सिकाउछ, जबकि समयले हामीलाई समयको महत्व सिकाउँछ ।” यो पोस्टसँगै उनले आफु आईसीयूमा नरहेको र परिवार तथा सन्तानलाई भेट्न निकै आतुर भएको पनि बताएकी छिन् ।

 

 

गायिका कपुरका साथै उनको परिवार पनि उनको स्वास्थ्यमा सुधार नदेखिएकोमा चिन्तित छन् ।

-हिन्दुस्तान टाइम्सबाट

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

लकडाउनकाे समयमा भान्छामा ब्यस्त प्रियंका र आयुष्मान